दफा २६
उम्मेदवारको अन्तिम नामावली
(१) दफा ७ को उपदफा (२) बमोजिम नाम फिर्ता लिन
तोकिएको समय समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तयार गरी एक प्रति तुरुन्त आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र त्यसको एक प्रति आयोगमा
पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको नामावलीमा उम्मेदवारको नाम नेपाली वर्णानुक्रम अनुसार लेखिनेछ र कुनै उम्मेदवार दलको तर्फबाट मनोनीत भएकोमा निजको ठेगानामा त्यस्तो दलको नाम समेत उल्लेख गर्नु पर्नेछ ।